बार्सिलोनाद्वारा रियल भालाडो पराजित 



एजेन्सी,असार २८ । बार्सिलोनाद्वारा रियल भालाडोलाई पराजित गरेको छ   स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा रियल भालाडोलिडलाई पराजित गरेको हो ।

बार्सिलोनाले भालाडोलिडलाई  १-० ले हराउँदै महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ ।उक्त खेल शनिबार राति बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न भएको हो।

बार्सिलोनालाई जिताउन आर्टुरो भिडालले पहिलो हाफमा निर्णायक गोल गरेका थिए ।

कप्तान लिओनेल मेस्सीले चलाखीपूर्ण ढंगले पेनाल्टी क्षेत्र नजिकबाट दिएको फ्लिक पासलाई भिडालले १५औँ मिनेटमा गोल गरेका थिए ।

जीतसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ८० अंक रहेको छ । रियलले सोमबार हुने खेलमा ग्रानडाको सामना गर्दैछ ।

अबको खेलमा रियलले बराबरी खेलेमा उपाधि होड अझ बढी रोमाञ्चक हुनेछ । जीतसँगै बार्सिलोना पनि उपाधि होडमा कायमै छ ।

प्रतिक्रिया दिनुहोस्