नुवाकोटमा कोरोना संक्रमितको संख्या ३० पुग्यो



नुवाकोट,असार २८ ।नुवाकोटमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टिसंगै संक्रमितको संख्या ३० पुगेको हो ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शनिबार पञ्चकन्या गाँउपालिकको २३ वर्षीय युवकमा  संक्रमण पुष्टि भएको हो । त्यसमध्ये २१ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

अन्य संक्रमितको भने जिल्लाको विभिन्न आइसोलेसनमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्