सम्माननीय प्रधानमन्त्रीज्यू कुन ठाउँ कहाँ पर्दछ ? – डा. प्रकाशचन्द्र लोहनी



• डा प्रकाशचन्द्र लोहनी (अध्यक्ष : राष्ट्रिय प्रजातन्त्र पार्टी)

सम्माननीय प्रधानमन्त्रीको भनाइमा अयोध्या नेपालको ठोरीमा पर्दछ। अब महाभारतको कुरु क्षेत्र पनि नेपालको झापाको तल्लो फाँटमा छ भन्ने तथ्य प्रधानमन्त्रीले घोषणा गर्ने हो कि ?

सम्माननीय प्रधानमन्त्रीको अराजक र अनियन्त्रित अभिव्यक्तिहर को मनोविज्ञान के हो ? वास्तवमा नेपालको परराष्ट्र सम्बन्धलाई धुजा-धुजा पारेर नेपाललाई संकटमा धकेल्ने काम किन भइरहेछ ?प्रधानमन्त्रीकै पार्टीका नेताहरु र सबै नेपालीले सोच्ने बेला आएको छ ।

वास्तवमा आज हाम्रो सिमानामा भारतीयहरुले अन्तर्राष्ट्रिय कानुनको विपरीत बनाएको बाँधहरुबाट तराई,मधेसका थुप्रै जलमग्न गाउँ, गाउँको समस्याबारे नेपाल सरकारले बोल्नु पर्ने हो । तर यस्ता जनताको पीर र पीडामा प्रधानमन्त्रीलाई वास्ता छैन । यथार्थमा उहाँको वर्तमान अभिव्यक्ति अनियन्त्रित र अराजक छन् ।

प्रतिक्रिया दिनुहोस्