गुल्मीमा करेन्ट लागेर एकको मृत्यु



साझापथ संवाददाता

गुल्मी,असार ३० । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिकामा वडा नम्बर–२ बाझकटेरी सिम्लेपाटा निवासी ६० वर्षीया कुमारी सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक पंकज चँुदालीले जानकारी दिए ।

मंगलवार दिउसो गोठमा बत्ती निभाउने क्रममा मुसाले काटेको जस्तो बिच बिचमा खाली तारमा छुदा ति महिलालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

मृतक महिलाको शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल पठाइएको प्रहरी निरिक्षक चँुदालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्