नुवाकोटमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो



नुवाकोट,असार ३१ ।नुवाकोटमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । मंगलबार तादी गाउँपालिकाका १९ वर्षीय  पुरुषमा कोरोनाको संक्रमण देखिएसंगै संक्रमितको संख्या ३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।

रााष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणका क्रममा ती ब्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

हालसम्म नुवाकोटका २१ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् भने अहिले विभिन्न स्वास्थ्य संस्थामा १० जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।कार्यालयका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्