प्रधानमन्त्री बालेनले सन् २०२६ भित्र भारत भ्रमण गर्न सक्ने
काठमाडौं,कात्तिक ७। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सन् २०२६ को अन्त्यसम्म भारत भ्रमण गर्न सक्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्।
नयाँदिल्लीमा शुक्रबार आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै वाग्लेले सम्भावित भ्रमणले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने बताएका हुन्।
‘निकटताबाट समृद्धि : भारत–नेपाल अवसर’ विषयक सत्रमा सहभागी वाग्लेले भ्रमणको सम्भावनाबारे जानकारी दिए पनि औपचारिक मिति र कार्यतालिका भने सार्वजनिक भएको छैन।

