तोकिएभन्दा बढी भाडा नतिर्न मकवानपुर प्रहरीको आग्रह
मकवानपुर,कात्तिक ७ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा नतिर्न यात्रुलाई आग्रह गरेको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बढी भाडा असुल गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गर्दै त्यस्ता घटनामा तत्काल कारबाही गरिने बताए।
प्रहरीले सार्वजनिक यातायातमा हुने अनियमितता नियन्त्रण गर्न निर्धारित भाडादरअनुसार मात्र रकम तिर्न यात्रुलाई अनुरोध गरेको छ।

