कांग्रेस इतर पक्षले कात्तिक १५ भित्र सबै जिल्लाको अधिवेशन गर्ने
काठमाडौं,कात्तिक ७ । नेपाली कांग्रेसको इतर पक्षले कात्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ। इतर पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने घोषणा गर्दै त्यसअघि संगठनका सबै तहको अधिवेशन प्रक्रिया पूरा गर्न लागेको हो।
केन्द्रीय निर्वाचन समिति संयोजक एगराज पोखरेलका अनुसार हालसम्म ४८० पालिका, ६ हजार १०७ वडा, १७० प्रदेशसभा निर्वाचन क्षेत्र, ८५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।
असोज १५ गतेदेखि सुरु भएको अधिवेशन प्रक्रिया कात्तिक १५ गतेभित्र सबै जिल्लामा पूरा गर्ने लक्ष्य रहेको पोखरेलले बताए।
कांग्रेसको संस्थापन पक्षले भने २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ। इतर पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी अघि बढाएको हो।

