आङकाजी शेर्पाको विचारमा : महानायक कसलाई भनिन्छ ?



(१) आफ्नो पेसा र कर्मबाट करोडौं नेपाली जनतालाई दु:ख, कष्टबाट मुक्त गर्ने राष्ट्र सेवकहरू महानायक हुन् !

(२) जस्को कर्मले नेपाललाई विश्वमा चिनाए र तीन करोड नेपालीलाई नेपाली हुन गर्व महसुस गराउने महान् सपुतहरू महानायक हुन् !

(३) देश र जनतालाई अन्धकारबाट मुक्त गराउने कुलमान घिसिङ महाराष्ट्रनायक हुन् !

(४) करोडौं गरिब नेपालीहरूको आँखा अपरेसन गरेर दृष्टि प्रदान गर्ने भगवान रूपी डाक्टर सन्दुक रूइट महाराष्ट्रनायक हुन् !

(५) दुर्गम गाउँबस्तीमा ईन्टरनेट सेवा प्रदान गर्ने महान् वैज्ञानिक महावीर पुन महाराष्ट्रनायक हुन् !

(६) गरीब जनताको स्वास्थ्य उपचारका लागि पटक पटक आमरण अनशन बस्ने डाक्टर गोविन्द केसी महाराष्ट्रनायक हुन् !

(७) यौन पिपासुका सिकार भएकी बम्बैका वेश्यालयमा बेचिएका महिलाहरूको उद्दार गरेर पुनर्जीवन प्रदान गर्नुहुने महान् नारी अनुराधा गुरूङ महाराष्ट्रनायक हुन् ।

(८) गीत, संगीतको माध्यमबाट शान्तिको सन्देश प्रवाह गर्न सफल बौद्ध भिक्षुणी आनी छोयाङ डोल्मा महाराष्ट्रनायक हुन् !

(९) हिमाल आरोहण गरेर विश्वमा नेपालको नाम उच्च राख्ने प्रथम नेपाली महिला आरोही राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा र विश्वविख्यात आरोही आप्पा शेर्पा राष्ट्र महानायक हुन् !

महाखलनायक कस्लाई भनिन्छ !.

(१) भूकम्प, कोरोना महामारी, बाढी पहिरोको समयमा आपत्त विपतमा परेका विपन्न वर्गका फ़िल्मी मजदुर श्रमिकहरूलाई एक मुठी खाद्यान पु-याउने नसक्ने ! घरमा बसेर श्रीमती, परस्त्री र परपुरूषसँग प्रेमालाप गरेर बस्नेहरू कलकारहरू महाखलनायक हुन् !

(२) आदिवासीको पोसाक लगाएर आदिवासीलाई नै खिसीटिऊरी गर्ने जोकर कलकारहरू महाखलनायक हुन् !

(३) आदिवासी नेवा कलाकार भएर आदिवासी नेवाको भूमि र गुठीमाथि राज्यद्वारा अतिक्रमण हुँदा एक शब्द नबोल्ने जोकरहरू महाखलनायक दासहरू हुन् !

(४) यूनिसेफ़ र यूएनडीपीबाट करोडौं रूपैयाँ तलब लिएर कुष्ठरोग, भिटामिन ए, दादुरा प्रतिरोध खोपबारे आदिवासी र मधेसीको लुगा लगाएर आदिवासी तामाङ, शेर्पा र मधेसीलाई थारू लवजमा पर्वते भाषामा विज्ञापन बनाउने तर आदिवासी र मधेसी मातृ भाषामा नबोल्ने डलरले कलाकारहरू महाखलनायक हुन् !

(५) अपाङ, मधेसी, आदिवासी, दलित र निम्न विपन्न आर्य र खस वर्गको चरित्र प्रदर्शन गर्ने मानव संवेदनाहीन कलाकारहरू महादुष्टनायकहरू हुन् !

(६) धर्मनिरपेक्ष, संघीयता, गणतन्त्र विरोधी, आदिवासी दलित, मधेसी र थारू विरोधमा स्टेज शो गर्ने सबै कलकारहरू राष्ट्रघाती खलनायक हुन् !

राष्ट्रघाती महाखलनायकहरू कसलाई भनिन्छ ?

(१) देशको नदीनाला वन जंगल र भूमि सन्धी गरेर विदेशीलाई बेच्ने शासकहरू सबै राष्ट्रघाती खलनायक हुन् !

(२) भूकम्प, कोरोना र बाढी पहिरोमा गरिब जनताको नाममा आएका अरबौं रूपैयाँ भ्रष्टाचार गर्ने प्रधानमन्त्रीहरू, मन्त्रीहरू र नेताहरू सबै राष्ट्रघाती खलनायक हुन् !

(३) जाजरकोटमा दलित युवाहरूको नरसंहार गर्नेहरू राष्ट्रघाती खलनायक हुन् !

सामाजिक सञ्जाल फेसबुकबाट लिइएको शेर्पाको यो निजी विचार हो ।

प्रतिक्रिया दिनुहोस्