उपत्यकामा ३ सहित देशभर थपिए १८६ कोरोना संक्रमित [सूचीमा कुन जिल्लाका कति ?]



काठमाडौं, ५ साउन । बितेको २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सहित देशभरमा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमितसँगै देशभर संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको छ । उनले २४ घन्टामा १७३ जना निको भएर घर फर्किएको बताए । यो सँगै संक्रमितमध्ये ११ हजार ८ सय ६८ जना उपचारपछि घर फर्किएका छन् भने ४० जनाको ज्यान गएको छ ।

हेर्नुहोस् जिल्लागत नयाँ संक्रमितको विवरण

  • बारा ४६
  • सर्लाही २३
  • झापा ३
  • काठमाडौं २
  • सुनसरी ६
  • इलाम १
  • मोरङ १
  • सिरहा १
  • सप्तरी ९
  • धनुषा २
  • पर्सा ४
  • सोलुखुम्बु ४
  • ललितपुर १
  • कास्की ८
  • लमजुङ १
  • तनहुँ २
  • स्याङ्जा १
  • बाँके २
  • रोल्पा ४
  • सल्यान ३
  • रुकुमपूर्व ७
  • दाङ ६
  • दैलेख २
  • सुर्खेत ४
  • हुम्ला १
  • कालीकोट १
  • डोटी ४०
  • कैलाली १

प्रतिक्रिया दिनुहोस्