मालुङ-पञ्‍चेटारबीचमा पहिरो गएपछि छहरे-टोखा सडक पुनः अवरुद्ध



साझा पथ संवाददाता

काठमाडौं, साउन ९ । पहिरोका कारण छहरे-टोखा सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

अविरल वर्षाले काठमाडौं सामाखुसीदेखि ५ किलोमिटर क्षेत्रमा पर्ने मालुङ-पञ्‍चेटार सडकअन्तर्गतको बीचको खण्डमा पहिरो गएसँगै छहरे टोखा सडकखण्ड अवरुद्ध भएको हो । सडकको छेउको भाग भासिएर तल्लो क्षेत्रको फर्ममा समेत क्षति पुगेको छ ।

सडक अवरुद्धसँगै काठमाडौं-नुवाकोट आवातजावतका यातायातका साधन बीच बाटोमै रोकिएका छन् । यद्यपि मोटरसाइकल भने आवातजावत गर्न सकिने टोखा प्रहरीले जनाएको छ।

सडक एक हप्तादेखि चर्किएको र बिहीबार रातिको वर्षाले पूर्णरुपमा बगेको टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।उनका अनुसार यस विषयमा सडक विभागलाई जानकारी गराइसकिएको छ।

‘हामीले वैकल्पिक बाटो सपना तिर्थ-मालुङको बाटोलाई तत्काल सञ्‍चालन गर्ने योजना तय गरेका छौं’ अध्यक्ष अधिकारीले भने- ‘ज्यादा उपयोगमा नआएकाले उक्त खण्डसमेत हिलोका कारण कठिनाई हुनसक्छ ।’

नगरपालिका र सडक विभागको सल्लाहमा के गर्ने भन्नेबारे निष्कर्षमा पुग्न सकिने अध्यक्ष अधिकारीले साझापथसँग बताए ।

स्थानीयको सक्रियतामा पहिरो हटाइएपछि खुल्यो छहरे-टोखा सडकखण्ड, एकतर्फी यातायात सञ्‍चालन

प्रतिक्रिया दिनुहोस्