म्यान्चेस्टर र चेल्सी च्याम्पियन्स लिगमा



एजेन्सी,साउन १२ ।  म्यान्चेस्टर युनाइटेड र चेल्सीले लिगको अन्तिम दिन जित निकाल्दै च्याम्पियन्स लिगमा स्थान ओगटेका छन् । गएराति आइतबारको खेलमा युनाइटेडले लेस्टर सिटीलाई घरेलु मैदानमा २–० ले पराजित गर्दा चेल्सीले पनि वुल्भ्सलाई २–० ले नै हराएको हो ।

जितपछि युनाइटेड र चेल्सीले समान अंक जोड्दै ६६ अंक बनाएको  छ । गोल अन्तरसंगै  युनाइटेड तेस्रो भयो भने चेल्सीले चौथो स्थानमा चित्त बुझाउन पर्यो। युनाइटेडसँग पराजित भएपछि लेस्टर सिटीले युरोपा लिग खेल्ने छ भने वुल्भ्सले युरोपा लिग छनोटबाट नै बाहिरिएको छ।

लेस्टरको मैदान किङ पवार स्टेडियममा भएको खेलमा युनइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र जेसी लिंगार्डले गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७१औं मिनेटमा फर्नाडेसल पेनाल्टीमा गोल गर्दै युनइटेडलाई अग्रता दिलाए ।

इन्जुरी सयमको अन्तिम समयमा लेस्टरका किपर कास्पर इस्माइलको गल्तीमा लिंगार्डले गोल गर्दै युनाइटेडलाई २–० को सफलता दिलाए । खेलको अन्त्य लेस्टरले १० खेलाडीमा रहेर गर्‍यो । दोस्रो हाफको इन्जुरी सयमा इभान्सले खराब ट्याकलका कारण रातो कार्ड पाए ।

यसैगरी पहिलो हाफको इन्जुरी समयमा चेल्सीले २ गोल गर्दै वुल्भ्सविरद्ध जित हात पार्यो । उसका माउन्ट इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमलाई अग्रत दिलाए । चौथो मिनेटमा जिरुडले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा चेल्सीले २–०को अग्रता लियो । तर, त्यसपछि कुनै गोल नहुँदा चेल्सी विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्