नेपाली क्रिकेटर सन्दीप लामिछाने सीपीएल खेल्न वेष्ट इन्डिज प्रस्थान



काठमाडौं,साउन १५ । नेपाली क्रिकेटर सन्दीप लामिछाने वेष्ट इन्डिज प्रस्थान गरेका छन् ।

क्यारेबियन प्रिमियर लिग सीपीएल टी(ट्वान्टी क्रिकेट खेल्नका लागि सन्दीप बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कोरोना भाइरसको महामारीको कारण ठप्प बनेको हवाई उडानको कारण सन्दीपले प्रतियोगिता गुमाउने प्रबल सम्भावना रहेको थियो । तर, अन्तिम समयमा चार्टर्ड फ्लाइटमार्फत उनी प्रतियोगिता खेल्न गएका हुन् ।

सन्दीप दक्षिण कोरिया र अमेरिका हुँदै वेष्ट इन्डिज पुग्ने छन् । सन्दीप आईतबार मात्र वेष्ट इन्डिज पुग्नेछन् । त्यहाँ पुगेपछि सन्दीप १४ दिनको क्वारेन्टिनमा बस्नेछन् ।

ट्रिनिडाड एन्ड टोबेगोमा हुने यस वर्षको सीपीएल अगष्ट १८ बाट सेप्टेम्बर १० सम्म हुनेछ ।

यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । उनी तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् ।

ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले १ करोड ५७ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । सीपीएलमा यो सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो ।

सन्दीप आवद्ध जमैकाको पहिलो खेल अगष्ट १९ मा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्