सुनको मुल्यमा शुक्रबार पनि नयाँ रेकर्ड




काठमाडौं साउन १६ । सुनको मुल्यले शुक्रबार फेरि नयाँ रेकर्ड बनाएको छ ।

तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो अहिलेसम्मकै महँगो मुल्य हो । केही दिनदेखि सुनको मुल्य लगातार बढिरहेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

चाँदीकोमुल्य भने आज एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्