सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको झण्डै एक लाख



काठमाडौं, साउन १८ ।
सुनको मुल्य एक लाख नजिक पुगेको छ । आईतवार सुनको मुल्य ४ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो ।

तेजाबी सुनको भाउ ९९ हजार एक सय ६० रुपैयाँ तोकिँदा चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण मुल्य निरन्तर बढेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्