काठमाडौंमा संक्रमण दर बढ्यो, अब अस्पतालले धान्न सक्दैन : स्वास्थ्य मन्त्रालय



काठमाडौं साउन २२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढेको भन्दै अप्ठ्यारो परिस्थिति तयार भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले काठमाडौं लगायत बाक्लो बस्ती भएको ठाउँमा कोभिड १९ को संक्रमण बढ्न थालेको जनाएको छ।

बिहीवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त चेतावनी दिएका हुन्। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्थिति अप्ठ्यारो रहेको भन्दै कुनै पनि सरकारी, सामुदायिक र निजी कार्यालयहरूमा कुनै पनि बैठक, छलफल वा सेमिनार बन्द गर्न आग्रह गरेका छन् ।

उनले छलफल गर्नुपरे भर्चुअल विधिबाट गर्न अपिल गरेका छन् । काठमाडौंमा पनि कोरोना संक्रमण वृद्धि भइरहेको भन्दै उनले अस्पतालमा बेड, उपकरण र स्वास्थ्यकर्मीको अभाव हुने सम्भावना रहेको बताए।

मन्त्रालयले भारतीय सीमासँग जोडिएका जिल्लाहरूमा संक्रमण बढेको भन्दै ती ठाउँहरुमा सम्बन्धित निकायलाई सावधानी अपनाउन अपिल गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैठक, सेमिनार, गोष्ठीलगायत भीडभाड हुने क्रियाकलाप बन्द गर्न आह्वान गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भीडभाड बन्द गर्न भन्दै त्यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न आग्रह गरेका हुन्।

कोरोना संक्रमणको जोखिम बढ्दै गएर अफ्ठ्यारो परिस्थिति आएको भन्दै गौतमले सामाजिक दूरी कायम गर्न, बेलाबेला साबुन पानीले हात धुन, मास्क लगाउन आग्रह गरेका छन्।

मन्त्रालयले चाडबाड घरमै मनाउन, मन्दिरलगायत स्थानमा भीडभाड नगर्न र बालबालिका तथा वृद्ध उमेरका व्यक्तिलाई बाहिर ननिस्कन अनुरोध गरेको छ। काठमाडौं उपत्यकालगायत ठूला सहरमा संक्रमणको दर बढेकाले अस्पतालले कर्मचारीलाई सिफ्टअनुसार काम गराउन मन्त्रालयले निर्देशन दिएको छ।

संक्रमण थप बढेमा अस्पतालको क्षमताले धान्न नसक्ने र स्वास्थ्यकर्मी अपुग हुने भन्दै गौतमले अहिलेदेखि स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्