चक्रवात ‘अर्नब’को प्रभाव सर्लाहीमा, किसान चिन्तित



सर्लाही,कात्तिक ११ । चक्रवात ‘अर्नब’को प्रभावले बुधबार दिउँसोदेखि सर्लाहीको मौसम बदली भएपछि धान भित्र्याउने तयारीमा रहेका किसान चिन्तित बनेका छन्।

लालबन्दी, ईश्वरपुर, हरिवन, हरिपुर र बागमतीलगायत क्षेत्रमा किसानले धान काटेर खेतमा सुकाउन राखेका छन्। वर्षाको सम्भावनालाई ध्यानमा राख्दै केही किसानले धान भित्र्याइसकेका छन् भने केही मौसमको अवस्था हेरेर निर्णय गर्ने तयारीमा छन्।

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्थानीय तह र प्रशासनले सतर्कता अपनाउन तथा काटिसकेको धान सुरक्षित रूपमा भित्र्याउन किसानलाई आग्रह गरेका छन्। सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले विपद् आइपरे सबै निकायबीच समन्वय गरेर काम गर्ने तयारी गरिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्