पर्सामा थप १४२ जनामा कोरोना संक्रमण, संक्रमितमा ४३ थुनुवा



पर्सा साउन २३ । पर्सामा थप १४२ कोरोना संक्रमित फेला परेका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा रहेका नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

उनले वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका थप ३ जना र आर्मी ब्यारेकका थप ३ जनामा कोरोना पुष्टि भएको जनाए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजित कुँवरले विभिन्न मितिमा पक्राउ परेका थुनुवा र प्रहरीको स्वाब संकलन गर्दा ४३ जना थुनवा र एक प्रहरीमा संक्रमण पुष्टि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्