कोरोना संक्रमित थप तीन जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो



काठमाडौं साउन २४

कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ ।

योसमेत नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ३ का ७४ वर्षीय पुरुष, मोरङको विराटनगर महानगरपालिका ९ बस्ने ५८ वर्षीय पुरुष र काठमाडौंको टोखा ६ की ४१ वर्षीया महिला छन् ।

उनीहरुको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । वीरगन्जका पुरुष मधुमेह र दमको बिरामी भएको मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले बताए । उनको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

विराटनगरका ५८ वर्षीय पुरुष उच्च रक्तचापका बिरामी थिए । उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या भएपछि कोसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको पनि मृत्यु भएको हो ।

यस्तै टोखाकी एक महिलाको पनि उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको गौतमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्