नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ८० पुग्यो



काठमाडौं साउन २६ ।

कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको अस्पतालले जनाएको छ । काभ्रे निवासी ती महिला साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् भने उनको सोमवार बिहान मृत्यु भएको थियो ।

मृतकमा निमोनियका साथै छातीको समस्या देखिएको थियो भने उनको मृत्यु पछि सोमवार दिउँसो ४ बजेतिरमात्रै पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ । आजै स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा थप ४ जनाको मृत्यु भएको जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्