सुदूरपश्चिमले पावरप्लेमा गुमायो २ विकेट, जितका लागि ९५ रन आवश्यक
काठमाडौं,कात्तिक ११ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा २ विकेट गुमाएर ५१ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले पहिलो ६ ओभरमा ५१ रन जोडेको हो। अब जितका लागि सुदूरपश्चिमलाई ८४ बलमा ९५ रन आवश्यक छ।
सुदूरपश्चिमका सेफ जेब १५ रन र कप्तान दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर क्रिजमा छन्। विनोद भण्डारी ४ रनमा धनञ्जय लक्षणको बलमा बोल्ड भए भने ब्रान्डन म्याकमुलन २२ रन बनाएर शकिब अल हसनको बलमा एलबीडब्लु आउट भए।
पोखराका लागि शकिब अल हसन र धनञ्जय लक्षणले १–१ विकेट लिएका छन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो।

