सुनको भाउ ८ सय रुपैयाँले बढ्यो



काठमाडौं साउन ३० ।

सुनको भाउ फेरि बढेको छ । शुक्रबार तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि बढोत्तरी भएर प्रतितोला १३ सय ५५ रुपैयाँ मूल्य तोकिएको छ ।

आइतबारदेखि नै निरन्तर घटिरहेको सुनको भाउ बुधबार एकैदिन ६ हजार दुई सय रुपैयाँले घटेको थियो । तर, बिहीबार फेरि दुई हजार चार सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्