बिजुली बेचेर धनी देश बनाउने कुलमानको सपना पूरा हुन दिउँ



गोविन्द चौलागाईं

कर्मचारीहरुलाई तलब खुवाउन बैंकहरुलाई गुहार्नु पर्ने, दैनिक १८ घन्टा लोडसेडिङको मार खेपिरहेकाले संस्थाप्रति जनताको आक्रोश र अविश्वास बढिरहेको मात्र होइन संस्था ३१ अर्बभन्दा बढी ॠणको भारमा पर्दा कर्मचारीसमेत जागिरको विकल्प सोच्ने अवस्थामा पुगे ।

दिन प्रतिदिन धरासायी बन्दै गइरहेको संस्था नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा चुनौती बोकेर प्रवेश गरेका कुलमान घिसिङको चार वर्षे कार्यकाल यहीँ भाद्र महिनाभित्र सकिँदैछ । कामको मूल्यांकनको आधारमा सरकारले कार्यकाल थपेन भने उनी भाद्रपछि जिम्मेवारीविहीन हुँदैछ्न् ।

घाटामा गएको संस्थाको ३१ अर्बभन्दा बढी ॠण चुक्तामात्र गरेनन् यो बीचमा ११ अर्ब नाफा कमाउनेसम्मको हैसियतमा संस्थालाई पुर्‍याउन सफल भए ।

उनको लगन र मेहनतले ३५ प्रतिशतको विद्युत् चुहावटलाई घटाएर १५ प्रतिशतमा झार्ने काम गरेका छन् । यो दर आगामी दिनमा अझ घट्ने विश्वास गर्न सकिन्छ ।

दैनिक १८ घन्टाको लोडसेडिङ बेहोरिरहेको हाम्रो समाजलाई चुनौतीका बीच लोडसेडिङमुक्त बनाइ उज्यालो दिएर जाने कुलमानले आफ्नो कुलको मान मात्र राखेनन् आम नेपालीको मनमनमा कुलमानको छाप छोडेर जाँदै गर्दा सर्वसाधारण जनताले प्रयोग गर्ने विद्युतको महसुल शुल्क पनि घटाइदिए । यो ४ वर्षे प्राधिकरणको यात्राका क्रममा सुरु भएका जलविद्युत् आयोजनाबाट बिजुली बेचेर धनी देश बनाउने, उनको सपना पूरा गराइदिन सकेमात्र उनलाई गर्ने समर्थनले न्याय पाउने छ।

यसका लागि पनि अर्को एक कार्यकाल जिम्मेवारीमा बस्दिनु पर्ने सम्पूर्ण नेपालीको मनै देखिको आग्रह त हुन सक्ला । तर जे होस् पत्याउनेले बुझ्ने गरी सम्पूर्ण नेपालीको मनै देखिको सपना र सबैका दीपक कुलमानले देखेका मनैदेखिको योजना पूरा गराउन एक पटक हार्दिकताका साथ लागौं । लोभ र स्वार्थी भावना त्यागौं ।

लेखकको फेसबुकबाट साभार

प्रतिक्रिया दिनुहोस्