प्रधानमन्त्रीज्युलाई १६ प्रश्‍न



रामप्रसाद ढुंगाना
१) सम्माननीय प्रधानमन्त्री ज्यू नेपाल सरकार, भारतीय सरकारले हाम्रो कालापानी लिम्पीयाधुरा, दार्चुला जिल्लाको कालापानीमा भारतीय सेनाले बङ्कर बनाएर ६० हजार सेनालाई सुरुङमा अत्याधुनिक हतियार भण्डारण गरेर नेपालको भूमिको आकाशमा फाइटर हवाईजहाज उडाई भारतले छिमेकी देशको मर्यादालाई ख्यालै नगरिरहेको के हाम्रो देशको प्रधानमन्त्रीज्यूलाई थाहा छ त ?

२) भारतले कालापानी हुँदै मानसरोबर जाने मोटर बाटो खनिँदा हाम्रो देशको प्रधानमन्त्रीज्युलाई थाहा नै नभएको हो त ?

३) २०५४ सालमा संसदबाट महाकाली सन्धी अनुमोदन गराउँदा महाकाली नदीको शिर कालापानी लिम्पियाधुराबाट नेपालको भू भागबाट निस्केको मुल हो भन्ने कुरा थाहा नपाएको हो त ?

४) रातको १२ बजे संसदमा सन्धि अनुमोदन गराउँदा तपाईंले १ (एक) खर्ब २० ( बीस) अर्ब नेपाललाई वार्षिक आम्दानी हुन्छ भन्नु भएको थियो । त्यो रकम वर्षौपिछे आयो त ?

५) जीवनमा सहयोग गर्ने, राजनीति क.ख सिकाउने सहिद रामनाथ दाहालको कुनै सम्झना छ त ?

६) महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको प्रस्ताव पहिलो प्रस्ताव गर्ने प्रचण्डले गरेको कुरा तपाईंलाई थाहा छ त ?

७) तपाईलाई पटक पटक प्रधानमन्त्रीको प्रस्ताव गरेर प्रधानमन्त्री हुन सहयोग गर्ने प्रचण्डलाई तपाईंको सम्झना छ त ?

८) MCC ल्याउन संसदमा विचाराधीन ऐनलाई तत्कालीन सभामुख कृण्ण बहादुर महराले ऐन ल्याउन नमानेपछि झुटो मुद्दा लगाएर जेल हालेको थाहा छ त ?

९) ओम्नी समूहले चीनबाट COVID १९ को माहामारीले पीडित जनातालाई स्वस्थ्य सम्बन्धी सामान ल्याउँदा औषधिको पर्ने मूल्यभन्दा बढीको बिल स्वास्थ्य विभागसँग भुत्तानी मागेको कुरा याद छ त ?

१०) तत्कालीन सूचनामन्त्री गोकुल बास्कोटाले MCC ऐन पास नगरे ड्रोन हमला पास नगर्ने लाई हुन्छ भनेर भनेको कुरा थाहा छ त ?

११) नेपालको इतिहासमा कहिले नभएको अस्तव्यस्त, असुरक्षा, आर्थिक हिनामिनाले आकाश छोएको थाहा छ त ?

१२) १९७९ मा अफगानिस्थानको तारखी महमदले सत्ता लिँदा प्रधानमन्त्री, राष्ट्रपति र महासचिव उनैले सबै पद आफूले लिएर अरुलाई निषेध गरेको कुरा थाहा छ त ?

१३) १८१६ को सुगौली सन्धिको नेपालको नक्सामा उल्लेख कालापानी लिम्पियाधुरा नेपालको २०३२ सालको नापीमा छुटेर नक्सा १८१६ को बमोजिम पुन: अध्यावधिक गरेको हो, भन्नेकुरा ख्याल नगरी नयाँ नक्सा आएको हो त ?
१४) १८१६ नक्सा पुन: प्रकाशन गर्न नेकपाको सचिवालय बैठकबाट राष्ट्रपतिले नीति तथा कार्यक्रममा बोल्नुपर्छ भनेर निर्णय त्यही बिहान गरेपछि दिउँसो सूचीमा हालेपछि मात्र नेपालको १८१६ को नक्सा प्रकाशनमा आउने काम भएको भन्ने कुरा सत्य हो त ?

१५) भारतले नक्कली नाकाबन्दी गरी कृतिम अभाव सृजना गराउँदा तपाईं प्रधानमन्त्री हुनुहुन्थ्यो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको थियो त ?

१६) झुटो कुरा पनि १०० चोटी भनेपछि सत्य हुन्छ भन्ने कुरा साँचो हो त ?

प्रतिक्रिया दिनुहोस्