नेप्से परिसूचक १७ दशमल ३३ अंकले घट्यो



काठमाडौं साउन ३२ ।

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आइतबार १७ दशमलव ३३ अङ्कले घटेको छ ।

आइतबार नेप्से परिसूचक १७ अङ्कभन्दा धेरैले घटेर १३ सय ८१ दशमलव ४६ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आइतबार व्यापार समूहबाहेक सबै समूहको उपसूचक घटेका छन् । व्यापार समूहको सूचक भने झण्डै ११ अङ्कले बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७६ दशमलव ८७ अङ्कले घटेको छ ।

आइतबार दिनभर एक अर्ब २५ करोड ९३ लाख रुपैयाँ बराबरका ४३ लाख ७१ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको आठ करोड १४ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले आइतबार झण्डै १० प्रतिशत कमाएका छन् भने आँखु खोला जलविद्युत् कम्पनीका शेयर लगानीकर्ताले ७ दशमलव ४१ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्