नेपाल ओलम्पिक कमिटिका दुई जनामा कोरोना संक्रमण



काठमाडौ साउन ३२ ।

नेपाल ओलम्पिक कमिटि एनओसीका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

गत बुधबार गरिएको परिक्षणमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको एनओसीले जनाएको छ । एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

स्क्वासका प्रशिक्षकमा कोरोना देखिएपछि कर्मचारीको कोरोना परिक्षण गर्दा दुई जना भान्साका कर्मचारीको रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन् । गत बुधबार एनओसीका ८ जना कर्मचारीमा कोरोनाको परिक्षण गरिएको थियो । कर्मचारीमै कोरोना देखिएपछि एनओसी अनिश्चित समयका लागि सिल गरिएको छ ।

कोरोना संक्रमण फैलिएसंगै गत सोमबारबाट ओलम्पिकको केन्द्रिय कार्यालय बन्द गरिएको थियो । कर्मचारीमै कोरोनाको संक्रमण पुष्टि भएपछि एनओसीका पदाधिकारीको समेत कोरोना परिक्षण गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्