कोरोना अपडेट : बितेको २४ घन्टामा ५८१ जनामा कोरोना संक्रमण



काठमाडौं, भदौ १ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न जिल्लामा थपिएका ५ सय ८१ जनासहित देशभर संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितमध्ये १७ हजार ४ सय ९५ जना उपचारपछि घर फर्किएका छन् भने १ सय ७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्