काठमाडौं उपत्यकामा थपिए १६८ संक्रमित



काठमाडौं,भदौ १ । पछिल्लो दिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ । बितेको २४ घन्टामा उपत्यकामा १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घन्टामा काठमाडौंमा थपिएकामध्ये काठमाडौंका १ सय ३९ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १५ जना रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७ हजार नाघेको छ । प्रवक्ता गौतमले विभिन्न जिल्लामा थपिएका ५ सय ८१ जनासहित देशभर संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १७ हजार ४ सय ९५ जना उपचारपछि घर फर्किएका छन् भने १ सय ७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्