नेपालमा कोरोना संक्रमणबाट थप तीनको मृत्यु,कुल मृतक १०७ पुग्यो



काठमाडौं,भदौ १ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित थप तीन जनाको मृत्यु भएको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्