बैतडीमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु



बैतडी भदौ १ ।

बैतडीमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

देहिमाडौ नागार्जुन सडक खण्डमा पाइप राख्न बनाइएको खाल्डोमा डुबेर दशरथचन्द नगरपालिका २ को सुन्दरखालीका ११ वर्षीय सन्दीप लावड र १४ वर्षीय अङ्कित लावडको मृत्यु भएको हो ।

होमपाइप राख्न बनाइएको खाल्डोमा वर्षाको पानी भरिँदा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्