सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं,साउन १४। प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछिको विकसित परिस्थितिलाई सम्बोधन गर्दै उनले आजै राष्ट्रका नाममा विशेष सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्रीको सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। सम्बोधनमा पछिल्लो सुरक्षा अवस्था, शान्ति–सुव्यवस्था कायम गर्ने विषय तथा सरकारको आगामी कदमबारे धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
सुनसरी घटनापछि देशका केही स्थानमा तनावपूर्ण अवस्था देखिएकाले प्रधानमन्त्रीको सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सम्बोधनको समय भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

