सुनसरी घटनापछि गृहमन्त्री सुधन गुरुङ आज कप्तानगञ्ज जाँदै



काठमाडौं,साउन १४ । गृहमन्त्री सुधन गुरुङ आज सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज जाने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेपछि उनी घटनास्थलतर्फ प्रस्थान गर्न लागेका हुन्।

प्रधानमन्त्री कार्यालयका अनुसार गृहमन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता तथा सोही घटनामा घाइते भई उपचारका क्रममा आज निधन भएका जयप्रकाश मेहताका परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

गृहमन्त्रीसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जाने कार्यक्रम रहेको छ। मन्त्री मेहताको गृह जिल्ला समेत रहेको सुनसरीमा दुवै मन्त्रीले स्थानीय सुरक्षा तथा समग्र अवस्थाबारे जानकारी लिने, पीडित परिवारसँग भेट गरी समवेदना व्यक्त गर्ने तथा आवश्यक सरकारी सहयोगका विषयमा छलफल गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्