नेपालगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज,भदौ २ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा एक ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट गएराति पौने १२ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

साउन ३० मा कोरोनाको लक्षण देखिएपछि ३२ साउनदेखि उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनमा निमोनिया देखिएको थियो ।

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या योसगैँ ४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्