टोखाको झोरमा दुई सहित नगरमा थप ११ जनामा संक्रमण पुष्टि[कुन वडामा कति?]



काठमाडौं,भदौ २ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार झोरका १ महिला र १ पुरुषसहित टोखा नगरपालिकामा ११ जनामा संक्रमण पुष्टि भएको टोखा नगरपालिका स्वास्थ्य शाखाका बसन्त गैह्रेले जानकारी दिए ।

योसंगै हालसम्म टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ। तीमध्ये सक्रिय संक्रमितको संख्या ५१ रहेको छ। सक्रिय संक्रमितमध्ये २३ जना होम आईसोलेसनमा र २५ जना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य शाखाले जनाएको छ। नगरमा संक्रमितमध्ये २४ जना निको भइ घर फर्किसकेका छन् भने २ जनाको मृत्यु भैसकेको छ।

नगर क्षेत्रमा कुन वडामा कति?

• वडा नम्बर १- २ जना

• वडा नम्बर ३ – ७ जना

• वडा नम्बर ४- ५ जना

• वडा नम्बर ५ – ६ जना

• वडा नम्बर ६ – ११ जना

• वडा नम्बर ७ – ५ जना

• वडा नम्बर ९ – ४ जना

• वडा नम्बर १० – १५ जना

• वडा नम्बर ११ – ६ जना

अन्य – १६ जना (सेवा क्षेत्र बाहिर)

प्रतिक्रिया दिनुहोस्