मकवानपुरमा राष्ट्रिय झण्डा जलाउने मध्ये एक जना पक्राउ



काठमाडौं भदौं २ ।
मकवानपुरमा राष्ट्रिय झण्डा जलाउने मध्ये एक जना पक्राउ परेका छन् ।

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउन संलग्न ‘क्यामेराम्यान’ लाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्रेको जनाइएको छ ।

पक्राउ परेका ‘क्यामेराम्यान’ को परिचय खुलाइएको छैन । भिडिओका गायक भने गेल्जङ दोर्जे तामाङ हुन् र उनलाई प्रहरीले खोजिरहेको छ । सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक गरिएको थियो जसमा गायक तामाङले झण्डा जलाएका छन् ।

चौतर्फी विरोध भएपछि अनुसन्धान थालेको महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको हो । प्रहरीले भिडिओ शेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार कसैले राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गरेमा कानुन अनुसार ३ वर्ष कैद सजायँ, ३० हजार जरिवाना वा दुबै हुन सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्