बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु



काठमाडौं, भदौ २ । नेपालमा कोरोना भाइरसबाट बितेको २४ घण्टामा ७ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मंगलबार थपिएको संख्यासँगै कुल मृतक संख्या एक सय १४ पुगेको छ ।

मंगलबार मृत्यु पुष्टि भएकाहरुमध्ये छ पुरुष र एक महिला रहेका छन् ।

मृतकको विवरण

१. काभ्रेका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
२. नवलपरासीका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
३. मोरङका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
४. धनुषाका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
५. बाँकेका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
६. कास्कीका पुरुष । २ भाद्रमा मृत्यु पुष्टि
७. तनहुँकी महिला । २ भाद्रमा मृत्यु पुष्टि

प्रतिक्रिया दिनुहोस्