एटीएमबाट पैसा झिकेपछि स्यानिटाइजर अनिवार्य



काठमाडौं भदौ २ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेसँगै उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता प्राध्यापक डा। जागेश्वर गौतमले कोरोनाको जोखिम बढेको भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका हुन् ।

उनले बैंकको एटीएम मेसिनबाट पैसा झिकेपछि अनिवार्य सेनिटाइजर प्रयोग गर्न सुझाए ।एटीएममा पैसा झिक्न धेरै मानिसहरुको आवत जावत हुने हुँदा त्यहाँ कोरोना संक्रमण जोखि हुन सक्ने भन्दै मन्त्रालयले सो अपिल गरेको हो ।

मन्त्रालयको तथ्यांक अनुसार मंलबारसम्म देशभर १० हजार ५६३ जना संक्रिय संक्रमित रहेका छन् । मंगलबारमात्रै काठमाडौं उपत्यकाका २०५ जनासहित १ हजार १६ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्