काठमाडौं उपत्यकामा मंगलबार थपिए २ सय ५ संक्रमित



काठमाडौं,भदौ २ । काठमाडौं उपत्यकामा मंगलबार  कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ । बितेको २४ घन्टामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या उपत्यकामा एकदिनमा देखिएको संक्रमण अहिलेसम्मकै ज्यादा हो ।

उपत्यकामा मंगलबार थपिएकामध्ये  काठमाडौंमा १ सय ३८, भक्तपुरमा १७ र ललितपुरमा ५० जना रहेका छन् ।  मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा १ हजार १६ जनासहित देशभर संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १७ हजार ५ सय ८० जना निको भएर घर फर्किएका छन् भने १ सय १४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्