वाग्मती प्रदेश: नुवाकोटमा ५० शय्या सहित प्रदेशमा ६५० आइसोलेसन संचालनमा ल्याइने



काठमाडौं,भदौ २ । बागमती प्रदेश सरकारले अहिले संचालनमा भइरहेका भन्दा बाहेक थप ६५० शय्याको आइसोलेसन संचालनमा ल्याउने तयारी गरेको छ । पछिल्लो दिनयता कोरोना संक्रमणदर ह्वात्तै वृद्धि भएसंगै भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रदेशका विभिन्न जिल्लामा आइसोलेसन संचालनमा ल्याउन लागिएको वाग्मती प्रदेश सरकारले जनाएको छ । 

प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार सिन्धुपाल्चोक, दोलखा, रामेछाप र रसुवामा २५ शैयाको आइसोलेसन थप गरिने भएको हो । त्यस्तै, धादिङ, नुवाकोट र सिन्धुलीको सदरमुकाममा ५० शैया, भक्तपुर र मकवानपुरमा २०० शय्याको आइसोलेसन संचालनमा ल्याउन लागिएको मन्त्री दुलालले बताए । 

सिन्धुपाल्चोकबाट निर्वाचित भएका मन्त्री दुलालले निर्वाचित जिल्लामा संक्रमित राख्ने ठाउँ नभएपछि आइसोलेसन वार्ड थप्ने विशेष पहल गरेका हुन। पछिल्लो समय सिन्धुपाल्चोकमा संक्रमित मध्येका २ जना अलपत्र अवस्थामा रहेको सामाजिक सञ्जाल तथा संचार माध्यममा चर्चा भएपछि मन्त्री दुलालको पहलमा आइसोलेसनमा पुर्याइएको थियो। 

त्यस्तै, सिन्धुली, धादिङ र नुवाकोटमा ४ शैया, हेटौंडा र भक्तपुरमा १० शय्याको आइसीयु समेत संचालनमा ल्याइने भएको छ । 

प्रतिक्रिया दिनुहोस्