काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी, अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने



काठमाडौं भदौ २ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।​
उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि भोलि बुधबारदेखि लागू हुने यो निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकमा ती जिल्लाका प्रजिअले सरकारसँग यसबारे सिफारिस गरेका थिए। निषेधाज्ञा एक साताका लागि गरिएको ​हो। निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने बताइएको छ।

जसअनुसार उपत्यकामा चल्दै आएका सार्वजनिक यातायातका साधन पनि बन्द हुनेछन्। खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ । मंगलबार मात्रै उपत्यकामा हालसम्मकै सबैभन्दा धेरै २ सय ५ संक्रमित भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्