बेलायत निवासी प्रा सुवेदीद्वारा राष्ट्रकविको निधनमा गहिरो दु:ख व्यक्त



लन्डन भदौ ३। बेलायत निवासी प्रा डा सूर्यप्रसाद सुवेदी (ओबीइ,क्युसी) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले राष्ट्रलाई एक अपुरणीय क्षति भएको बताएका छन् ।

बुधबार एक शोक सन्देशमार्फत प्रा सुवेदीले राष्ट्रकवि माधव घिमिरेको निधनमा गहिरो दुख ब्यक्त गरे । राष्ट्रकवि माधव घिमिरेजस्तो व्यक्ति राष्ट्रले एक युगमा एक-दुई जनामात्र जन्माउने हो भन्दै प्राध्यापक सुवेदीले समस्त राष्ट्रलाई र राष्ट्रकविका परिवारप्रति समवेदना ब्यक्त गरेका छन् ।

लमजुङ जिल्लाको एकै सेरोफेरोबाट आएका राष्ट्रकवि घिमिरे र प्राध्यापक सुवेदीको पारिवारिक नाता पनि पर्दछ । राष्ट्रकवि घिमिरेले आफ्नो प्रारम्भिक शिक्षा हाम्रा हजुरबुबा पण्डित बद्रीनाथबाट लिनु भएको र मेरा पिताजी पण्डित होमनाथ उहाँको बालसखा भएकोले पनि आफ्नो राष्ट्रकवि प्रति गहिरो सम्मान रहेको प्राध्यापक सुवेदीले बताए ।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ काठमाडौं लैनचौरस्थित निवासमै निधन भएको थियो । उनी १०२ वर्षका थिए ।

प्रतिक्रिया दिनुहोस्