झोरमा कोरोना सचेतना कार्यक्रम



मास्क वितरण गर्दै वडा अध्यक्ष श्रीकृष्ण अधिकारी

काठमाडौं,भदौ ३ । टोखा नगरपालिका वडा नम्बर १ ले कोरोना सचेतना कार्यक्रम गरेको छ। मंगलबार टोखा नगरपालिका १ स्थित झोरमा दुई ब्यक्तिमा कोरोना संक्रमण पुष्टिसंगै थप सचेतताका लागि कार्यक्रम अगाडि बढाइएको वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए।

अध्यक्ष अधिकारीको अगुवाइमा बुधबार बिहान वडा क्षेत्रमा माइकिङमार्फत सचेतनामूलक सन्देश प्रवाहका साथै मास्क वितरण गरिएको छ।

साथै बाैडेश्वर लगायतका ठाँउमा भिडभाडमा सहयोग नपुर्‍याउन ,मास्क अनिवार्य प्रयाेग गर्न, सकभर सम्भव भएसम्म भेटघाट कम गर्ने,फाेन लगायत अन्य सामाजिक संजालजन्य माध्यामबाट छलफल गर्न,पसल चोकमा अनावश्यक ननिस्कन,साबुनपानीले नियमित हात धुन तथा स्यानिटाइजरकाे प्रयाेग गर्न वडा कार्यालयले सबैलाई सुचित गरेको छ।

मंगलबार टोखा नगरपालिका वडा नम्बर १ झोरमा दुई सहित नगरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार थपिएका ११ सहित टोखा नगरपालिकामा कुल संक्रमित संख्या ७७ पुगेको छ। संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या टोखा नगरमा २४ रहेको छ।

काठमाडौं उपत्यकाभर  मंगलबार २ सय ५ संक्रमित थपिएका थिए ।

मास्क वितरण तथा माइकिङ मार्फत सन्देश प्रवाहको भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्