झन्डा जलाएको आरोपमा ८ जना पक्राउ, कसूर ठहरिए ३ वर्ष कैद, ३० हजार जरिवाना वा दुवै हुनसक्ने



काठमाडौं भदौ ३ । म्युजिक भिडियो बनाउँदा नेपालको राष्ट्रिय झन्डा जलाएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्तिसम्म छन् । दुई दिनअघि मङगोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झन्डा जलाइएको भिडियो अपलोड भएको थियो ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झन्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । मकवानपुर जिल्लाको वाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्