कोरोना अपडेट: काठमाडौं उपत्यकामा १५९ सहित थप ६८१ जनामा संक्रमण पुष्टि



काठमाडौं,भदौ ३ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १ सय ५९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा १ सय ३४, भक्तपुरमा ८ जना र ललितपुरमा १७ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

नेपालका विभिन्न जिल्लामा बुधबार ६ सय ८१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

बुधबार १२० जना संक्रमणमुक्त भएका छन् योसंगै संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७ सय पुगेको छ।

प्रतिक्रिया दिनुहोस्