पत्रकार जगदीश खनाललाई कोरोना संक्रमण पुष्टि



कोरोना परीक्षणका क्रममा पत्रकार खनाल

नुवाकोट,भदौ ३ । पत्रकार जगदीश खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ। एक साता अघि कोरोना परिक्षण गरेका खनालको बुधबार कोरोना पोजिटिभ रिपोर्ट आएको हो। पत्रकार खनाल पत्रकार महासंघ नुवाकोटका सचिव तथा स्थानीय रेडियो जालपाका स्टेसन म्यानेजर  हुन्।

नुवाकोटमा बितेको २४ घण्टामा पत्रकार खनाल सहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल नुवाकोटले जनाएको छ । कोरोना संक्रमणको पुष्टि भएसँगै उनलाई त्रिशुली अस्पतालमा रहेको आइसोलसेन वार्डमा लगिएको छ ।

पत्रकार खनालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू संक्रमित भएको र पछिल्लो दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पीसीआर परीक्षण गराउन आग्रह गरेका छन् ।

योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।

साझापथ परिवार पत्रकार खनालको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्