कोरोना अपडेट: बितेको २४ घण्टामा ७०७ संक्रमित थपिए



काठमाडौं, भदौ ४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ७ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आजसम्म १७ हजार ९ सय ६४ जना संक्रमणमुक्त भएका छन् भने १ सय २६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्