काठमाडौं उपत्यकामा २ सय संक्रमित थपिए



काठमाडौं, भदौ ४ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा २ सय जना थप कोरोना संक्रमित थपिएका छन् । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका १७४ जना र ललितपुरका १८ जना र भक्तपुरका ८ जना रहेका छन् ।

देशभर थपिएका ७ सय ७ जनामध्ये काठमाडौ उपत्यकामा मात्रै  २ सय जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले ११ हजार ८ सय   ३२ जनाको पिसीआर परिक्षणमा ७ सय ७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका छन् ।

त्यस्तै बितेको २४ घन्टामा २६४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । योसंगै कोरोना निको भई घर फर्कनेको सख्या १७ हजार ९ सय ६४ पुगेको छ । देशभर कुल संक्रमितको सख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्