नुवाकोटमा कोरोना संक्रमितको संख्या ७३ पुग्यो



साझापथ संवाददाता

नुवाकोट,भदौ ४ ।  नुवाकोटमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ। बितेको २४ घण्टामा ३ जना संक्रमित थपिएसंगै कुल संख्या ७३ पुगेको हो।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो समय नुवाकोटको विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या वृद्धि भैरहेको जनाएको छ। कुल संक्रमितमध्ये १५ जना विदुर नगरपालिकाको रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।

विदुर नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका ७ सय १३ जनाको पिसिआर परिक्षण गरिसकेको छ।जसमध्ये १५ जनाको पिसिआर पोजेटिभ आएको छ भने ६ सय ६८ जनाको नेगेटिभ र २१ जनाको रिर्पाेट आउन बाँकी रहेको बताएको छ । जिल्लाभर हालसम्म २ हजार ३ सय ७० जनाको पिसीआर परिक्षण भैसकेको छ।

नुवाकोटमा कोरोना जितेर घर फर्किनेको संख्या भने ५४ रहेको छ। बाकी १९ जना नुवाकोट र काठमाडौंका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको जिल्ला अस्पताल नुवाकोटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्