तपाईंले प्रयोग गर्ने स्यानिटाइजर सक्कली कि नक्कली? यसरी थाहा पाउनुहोस



एजेन्सी,भदौ ५ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम र नियन्त्रणका लागि स्यानिटाइजर पनि प्रयोग गर्नेको संख्या वृद्धि भएको छ । महामारी पूर्व  अस्पताल तथा स्वास्थ्य केन्द्रमा मात्र प्रयोग हुने सेनिटाइजर आजभोलि सबैको घरघरमा अझ यसो भनौं सबैको गोजीमा पाउन सकिन्छ । यद्यपि तपाईं हामीले प्रयोगमा ल्याएका स्यानिटाइजर सक्कली हो या नक्कली त्यस विषयमा जानकार नहुन सक्छौ।

कोरोना भाइरसबाट बच्नका निम्ति स्वास्थ्यकर्मीले ७० प्रतिशतदेखि ८० प्रतिशत अल्कोहलको मात्रा रहेको सेनिटाइजर प्रयोग गर्न सुझाइरहेका छन् ।तर हामीले प्रयोग गर्दै आएको स्यानिटाइजर सक्कली वा नक्कली के हुन  छुट्याउन निम्न कुराहरुमा ध्यान दिन जरुरी छ ।

• तपाईंले घरमा खाने गरेको गहुँको पिठोको प्रयोग गरेर सेनिटाइजरको असलीपन छुट्याउन सकिन्छ । कचौरामा एक चम्चा आँटा हालेर त्यसमा सेनिटाइजर हाल्नुहोस् र मुछ्ने कोसिस गर्नुहोस् । यदि आँटा मुछियो भने त्यो सेनिटाइजर नक्कली हो । किनकी सक्कली सेनिटाइजरमा आटा मुछ्न मिल्दैन । नक्कली सेनिटाइजरमा भने आँटा मुछ्न मिल्छ ।

• त्यस्तै तपाई हामीले शौचालयमा प्रयोग गर्ने टिस्यू पेपरले पनि सेनिटाइजर सक्कली र नक्कली छुट्याउन सकिन्छ । एक टिस्यू पेपर लिएर त्यसमा कलमले सानो टुक्रा बनाउने र त्यसमाथि एक थोपा सेनिटाइजर हाल्नुहोस् । उक्त टुक्रा फैलियो भने त्यो सेनिटाइजर नक्कली हो । यदि उक्त टिस्यू पेपरको टुक्रा जस्ताको तस्तै रह्यो भने केही मिनेटमा सेनिटाइजर आफैं सुक्छ । हो, यो भने सक्कली सेनिटाइजर हो ।

• अझै सजिलो तरिका यो हो कि एउटा कचौरामा थोरै सेनिटाइजर निकालेर राख्नुहोस्, त्यसपछि हेयर ड्रायरले त्यसमा हावा दिनुस् । यदि सेनिटाइजर ५–७ मिनेटमा सुक्यो भने त्यो असली सेनिटाइजर हो । सुकेन भने वा अरु समय लाग्यो भने त्यो नक्कली हो ।

प्रतिक्रिया दिनुहोस्