भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु



चितवन, भदौ ५ । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुष रहेका छन्। ती पुरुष विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत थिए।उनको बिहिबार मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ।

अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा प्रमोद पौडेलका अनुसार मृतक क्षयरोग,मृर्गौला पीडित भएको बताइएको छ । उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको ज्यान गएको छ ।

अर्का एक जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो । जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या समेत निरन्तर बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्